प्रधानमन्त्रीको अध्यक्षतामा उच्च स्तरीय सुशासन आयोग गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

Share:

सरकारले उच्च स्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्‍ बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्च स्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ।

उक्त आयोग १५ सदस्यीय हुनेछ। आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा आयोग, नीति आयोग र योजना आयोगका सदस्य रहने बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: