१३ वर्षीया छोरी बलात्कार आरोपमा बाबु पक्राउ

Share:

मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा- १३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन्। ३६ वर्षीय बाबुलाई प्रहरीले गत आइतबार पक्राउ गरेर मुद्दा चलाएको छ।

पीडित बालिकाले घटनाबारे आफ्नो नतिजको आफन्तलाई बताएपछि इलाका प्रहरी कार्यालय पालुङमा उजुरी परेको थियो। मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बालिकामाथि उनका बाबुले गत कार्तिकदेखि पटक-पटक जर्वजस्तीकरणी गर्दै आएको उजुरीमा उल्लेख छ।

पीडित बालिकाकी आमाले दोस्रो विवाह गरेर गएपछि उनी बाबुसँग बस्दै आएको प्रहरीले जानकारी दिएको छ। आरोपित बाबुलाई हाडनाता बलात्कारमा मुद्दा चलाइएको डिएसपी अर्यालले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: