
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डिन प्राडा. श्रीकृष्ण श्रेष्ठले पाएका छन्। चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको कार्यकाल सकिएसँगै कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार प्रतिष्ठानका निमित्त उपकुलपति तोकेका हुन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्राडा. डुकबहादुर क्षेत्री थिए। यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर डबलबहादुर धामीले पाएका छन्।
त्यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुपतिको जिम्मेवारी रेक्टर प्राडा. पवन शर्मा र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर प्राडा. संजीव शर्मालाई दिइएको छ।
निमित्त उपकुलपतिहरुलाई प्रतिष्ठानको नयाँ उपकुलपति नियुक्त नभएसम्मका लागि नियमित शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सुचारु गर्ने अधिकार दिइएको हो।
चारवटै प्रतिष्ठानमा गत चैत्त २३ देखि २७ गतेसम्ममा उपकुलपतिहरुको ४ वर्षे कार्यकाल सकिएको थियो। धरानमा डा. ज्ञानेन्द्र गिरी, , कर्णालीमा डा मंगल रावल र पाटनमा प्राडा. राजेशनाथ गंगोल उपकुलपति थिए।
