पर्ख न, १५ महिना पर्ख, मेरो राजीनामा आउँछ : प्रधानमन्त्री ओली

296
0
Share:

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य र उमेरबारे अनावश्यक चिन्ता नलिन आग्रह गर्दै १५ महिनापछि सहमतिअनुसार सत्ता हस्तान्तरण गर्ने स्पष्ट पारेका छन्।

नेपाल कम्युनिस्ट पार्टीको ७६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन।

उनले भने, “किन आतिएको ? पर्ख न, १५ महिना पर्ख, पर्ख मेरो राजीनामा आउँछ।”

ओलीले आफूविनाको एमाले र एमालेविनाको नेपालको कल्पना गर्नेहरूको मनसाय राम्रो नभएको टिप्पणी गर्दै मिसन २०८४ मार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने संकल्प दोहोर्‍याए।

कमेन्ट गर्नुहोस्
Share: