कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

Share:

काठमाडौँ। कक्षा १२ को राष्ट्रिय परीक्षा अब वैशाख २१ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने परीक्षा २१ गतेदेखि गर्ने निर्णय गरेको हो।

मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।विगत तीन हप्तादेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राखी, अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित बन्न पुगेको थियो।

यद्यपि बोर्डले निर्धारित समयमा नै परीक्षा गर्ने अडान राखेपनि अन्तिम समयमा परीक्षा सरेको हो।यसअघि शिक्षकहरुले परीक्षामा सामेल नहुने जनाएपछि निजामती कर्मचारीहरुलाई खटाएर परीक्षा सञ्चालन गर्ने अडानमा बोर्ड थियो।

तर कर्मचारी ट्रेड युनियनले पनि शिक्षकका माग पूरा गरेर उनीहरुलाई नै परीक्षामा सामेल गराउनुपर्ने भन्दै विरोध जनाएपछि प्रधानमन्त्री ओलीले पनि बोर्डलाई परीक्षा सार्न आग्रह गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: