धनगढीलाई हराउँदै पोखरा फाइनलमा, उपाधिका लागि ललितपुरसँग भिड्ने

Share:

पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ। बुधबार साँझ भएको खेलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै पोखरा फाइनलमा प्रवेश गरेको हो।

पोखराका लागि स्टेफन समिर विनोङले निर्णयक गोल गरे। अतिरिक्त समयको तेस्रो मिनेटमा पोखराका लागि विनोङले निर्णयक गोल गरेका हुन्। पाेखराले अब उपाधिका लागि ललितपुर सिटी एफसीसँग प्रतिस्पर्धा गर्नेछ।

खेल हेर्न ब्राजिलियन लेजेन्ड फुटबलर रोबर्टो कार्लोस उपस्थित भएका थिए। उनी मंगलबार नेपाल आएका  थिए। बुधबार रंगशालामा पुगेका कार्लोसले खेलअघि दुवै टोलीका खेलाडीसँग हात मिलाएका थिए भने रेफ्रीलाई बल हस्तान्तरण गरेका थिए।

साथै उनले खेलको हाफ टाइममा रंगशालामा फ्रिकिक प्रहार गर्दै प्रदर्शनी गरेका थिए। उनी आजै फर्कने कार्यक्रम छ।

कमेन्ट गर्नुहोस्
Share: