सूचना बदरको माग गर्दै भूमिहीन सुकुम्बासीद्धारा ३ बुँदे मागपत्र पेश

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ का शिवटोल, पार्वतीटोल र शुभकामना टोलमा लामो समयदेखि बसोबास गर्दै आएका भुमिहीन सुकुम्बासीहरुलाई वडाले सूचना टाँस गरेर जग्गा खाली गर्न भनिएकोमा आपत्ति जनाउँदै सूचना बदरसहितको ३ बुँदे माग पत्र पेश भूमिहीन सुकुम्बासीहरुले गरेका छन् ।

उक्त माग पत्रमा मिति २०८२/०१/०२ गते संरचनाहरु हटाई जग्गा खाली गर्ने ३५ दिने सूचना बदर गरियोस्, राज्यको नाममा रहेको प्रति ऐलानी जग्गा जाल झेल गरी व्यक्तिको नाममा दर्ता गरिएको पूर्जा बदर गर्न मालपोत कार्यालय कास्की र भूमि व्यवस्था मन्त्रालयमा सिफारिस गरियोस, सुकुम्बासी समस्या समाधान आयोग कास्की र २०३६ साल देखी उक्त जग्गामा अमोद कमोद गरी आएका भुमिहिन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाण पुर्जा सहित व्यवस्थापन गरियोस् भन्ने रहेको छ ।

शिव टोल विकास संस्थाका अध्यक्ष ध्रुव कुमार श्रेष्ठले पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीलाई बुझाएको माग पत्र ३ पेज लामा रहेको छ ।

पोखरा महानगरपालिका वडा नं. ९ को कार्यालय वास्तोलाथरमा राष्ट्रिय भूमिअधिकार मञ्च गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर लामिछानेले सहजीकरण गरेका थिए भने राष्ट्रिय भूमिअधिकार मञ्च कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले मागपत्र पढेर सुनाएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: