आजको मौसम: गण्डकीसहित तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना, तराईमा तातो लहर चल्ने

Share:

काठमाडौँ । हाल देशमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम साधारणतया सफा छ।

पछिल्लो चौबीस घन्टामा कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भएको विवरण छ।शुक्रबार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने पुर्वानुमान छ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको छ।

शुक्रबार राति कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ।

राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरमा साथै कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ।

कमेन्ट गर्नुहोस्
Share: