आइतबारदेखि उपत्यकाको तापक्रम घट्ने, कुन ठाउँको तापक्रम कति ?

Share:

काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ। यो क्रम भोलि शनिबारसम्म जारी रहने तथा आगामी आइतबारदेखि बदली भई तापक्रम घट्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज काठमाडौँ उपत्यकाको तापक्रम ३१ देखि ३४ डिग्री सेल्सियसका बिच रहने विभागको पूर्वानुमान छ।  धनगढी र नेपालगञ्जमा ३९ देखि ४१ र भैरहवामा ४० देखि ४२ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने देखिन्छ मौसमविद् बताउँछन्।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

कमेन्ट गर्नुहोस्
Share: