पोखरामा खुल्ला टेबल टेनिस प्रतियोगिता सम्पन्न 

Share:

पोखरा। विश्व टेबल टेनिस दिवस ०२५ को अवसरमा पोखरामा खुला टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ। कास्की जिल्ला टेबल टेनिस संघको आयोजनामा सम्पन्न प्रतियोगितामा चार विधामा प्रतिस्पर्धा भएको थियो।

प्रतियोगिताअन्तर्गत मेन्स सिङ्गलमा दिपकराज गिरी प्रथम हँुदा दिप निशान शाही दोस्रो, किसन जिसी र देवबहादुर भुजेल तेस्रो भए। ब्वाइज सिङ्गलमा दिप निशान शाही प्रथम हुँदा कृतन थापा दोस्रो, आयुश गहतराज तेस्रो भए।

गल्र्स सिङ्गलमा सेजल वानिया प्रथम हुँदा तृषा गुरुङ दोस्रो, सुष्मा गुरुङ र सक्रिया पोखरेल तेस्रो भए। यसैगरी क्याडेट ब्वाईजतर्फ प्रिन्स गुरुङ प्रथम, दिप्सन अधिकारी देस्रो, युजिन गुरुङ र विधान पराजुली तेस्रो भए।

विजयी खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि, कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष मिलन गुरुङ, विषेश अतिथि गण्डकी प्रदेश टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीलगायतले नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: