कास्कीमा चर्को आवाजमा कुदाउने ३५ मोटरसाइकल नियन्त्रणमा

Share:

पोखरा । स्वरुप परिवर्तन गरेर चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै कुदाउने ३५ मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कास्की जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइ र ट्राफिक प्रहरीसमेतले यही वैशाख ३ गतेदेखि १४ गतेसम्मको अवधिमा ती मोटरसाइकल नियन्त्रणमा लिएका हुन्।

नियन्त्रणमा लिइएका मोटरसाइकल आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाईएको कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी बसन्तकुमार शर्माले बताए।

प्रहरीले कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा खबर गर्न अनुरोध समेत गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: