
काठमाडौँ । आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ। शिक्षकसँग ७ बुँदामा सहमति भएको हो। सहमति मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि सार्वजनिक हुने जनाइएको छ।
नेपाल शिक्षक महासंघसँग शिक्षा मन्त्रालयमा वार्तामा रहेका शिक्षामन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन बाहिरिएका छन्।
शिक्षकका केही माग मन्त्रिपरिषद्बाट निर्णय गराउन पूरा गराउने र त्यसपछि पुनः वार्तालाई निरन्तरता दिँदै सहमति हुने जनाइएको छ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले आन्दोलन थालेका थिए।
कमेन्ट गर्नुहोस्
