
कक्षा १२ को परीक्षा आउँदो वैशाख २१ गतेदेखि नै सञ्चालन हुने भएको छ।
बुधबार सिंहदरबारमा सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्तामा कक्षा १२ को परीक्षा तोकिएकै मितिमा गराउने सहमति भएको हो।
वार्तामा शिक्षामन्त्री रघुजी पन्तसहित नेपाल महासंघका पदाधिकारीहरू सहभागी थिए।असार १५ गतेसम्म शिक्षा ऐन जारी भइसक्ने डेटलाइन राखिएको छ।
सरकार शिक्षकहरूले पेस गरेको नौबुँदे प्रस्तावमा सहमतिमा पुगेको छ। सहमतिमा हस्ताक्षर हुन भने बाँकी छ।
कमेन्ट गर्नुहोस्
