
काठमाडौँ। सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमति मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नौ बुँदे मागलाई अनुमोदन गरेको हो। योसँगै २९ दिनदेखि जारी शिक्षक आन्दोलन टुंगिएको छ।
यस सहमतिसँगै शिक्षकहरू आन्दोलन टुंग्याएर भोलि बिहीबारदेखि विद्यालय फर्किनेछन्।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंमा सडक आन्दोलन गरिरहेका थिए।
कमेन्ट गर्नुहोस्
