प्रथम लायन्स कप भलिबलः भारतीय टोली नेपाल पुलिससँग सोझो सेटमा पराजित

Share:

पोखरा। पोखरामा प्रथम लायन्स कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरू भएको छ। लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा बिहीबारदेखि प्रतियोगिता सुरू भएको हो। प्रतियोगिताको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे।

प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पहिलो दिनको दोस्रो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ। निकै प्रतिस्पर्धात्मक पहिलो सेटमा पुलिसले भारतीय टोलीमाथि २५-२३ ले जित हासिल ग¥यो। दोस्रो सेट र तेस्रो सेट भने पुलिसले सहज जित निकाल्यो।

पुलिसले दोस्रो सेट २५-१६ र तेस्रो सेट २५-२० ले जित निकाल्न सफल रह्यो। यसअघि आजै भएको समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा इरानी टोलीले सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३-१ को सेटमा पराजित गरेको थियो।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगिताको दोस्रो दिन भोलि पहिलो खेल इरानी टोली र गण्डकी प्रदेशबिच हुनेछ। उक्त खेल बिहान ११ बजे सुरु हुनेछ।

भोलिको दोस्रो खेल भारतीय टोली र त्रिभुवन आर्मी क्लबबिचको खेल दिउँसो एक बजेबाट सुरु हुनेछ।प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा इरानी टोली, एपीएफ र गण्डकी प्रदेश छन् भने समूह ‘बी’ मा भारतीय टोली, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब छन्। दुवै समूहबाट शीर्ष दुर्ईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्।

यस्तै उद्घाटन खेलमा इरानको इरानी भलिबल टिमले विजयी सुरुआत गरेको छ। प्रतियोगिताको समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा इरानी टिमले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३-१ को सेटमा पराजित गर्‍यो। पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पारेको इरानी टिम दोस्रो सेटमा पराजित भयो।

प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा एपीएफले ३१-२९ ले इरानी टोलीलाई हरायो। २९-२९ को अवस्थामा रहेको बेला लगातार २ अंक जोडेर एपीएफले दोस्रो सेट जित्यो। इरानी टिमले तेस्रो सेटमा २५-२३ र चौथो सेटमा एपीएफलाई २५-१९ ले पराजित गर्‍यो ।

समूह ‘बी’ अन्तर्गत भारतीय टोली र नेपाल पुलिस क्लबबीच प्रतियोगिताको दोस्रो खेल जारी छ। प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा इरानी टिम, एपीएफ र गण्डकी प्रदेश छन् । समूह ‘बी’मा भारतीय टिम, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब छन्। दुवै समूहबाट शीर्ष दुर्ईमा रहने टिमले सेमिफाइनल खेल्नेछन्।

फाइनल खेल वैशाख २२ मा हुनेछ । प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४ सय ४४ र उपविजेताले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्। तृतीय हुने टिमले १ लाख ४४ हजार ४ सय ४४ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४ सय ४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४ सय ४४ रुपैयाँ प्रदान गरिने डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए । यो भलिबल प्रतियोगिता पोखरामा भएको पहिलो अन्तर्राष्ट्रियस्तरको इन्डोर प्रतियोगिता हो ।

कमेन्ट गर्नुहोस्
Share: