कक्षा-१२ को परीक्षा भोलिदेखि : परीक्षा हलमा मोबाइल तथा स्मार्ट घडी लैजान निषेध

Share:

काठमाडौँ। आइतबारदेखि सुरु हुने कक्षा १२ को परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायत इलेक्ट्रोनिक्स डिभाइस लैजान निषेध गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार एक सूचना जारी गर्दै कक्षा १२ को परीक्षा हलमा मोबाइल लगायतका सामाग्री लैजान निषेध गरिएको जनाएको हो।

जारी सूचनामा परीक्षा हलमा मोबाइल लगिए जफत गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने र ती परीक्षार्थीको सबै परीक्षा रद्द गरिने जनाएको छ। परीक्षालाई मर्यादित एवम् व्यवस्थित रूपमा सञ्चालन गर्न इलेकट्रोनिक्स डिभाइसमा प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ।

भोलिदेखि देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ। परीक्षामा ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ। बोर्डले ५ हजार २०२ विद्यालयका विद्यार्थीको परीक्षाका लागि १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: