काहुँखोला भाट समाजको १५ औं साधारण सभा तथा सम्मान कार्यक्रम

Share:

पोखरा । काहुँखोला भाट समाजको १५ औं साधारण सभा तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि वडा नं. १३ का अध्यक्ष किरण बरालले उद्घाटन गर्दै रानाभाट बन्धुहरु आफ्नै परिवारका सदस्य जस्तै लाग्ने बताउँदै समाज लाई आवश्यक सहयोग गर्न आफू तत्पर रहेको बताए।

सो अवसरमा रानाभाट/भाट समाज गण्डकी प्रदेशका कोषाध्यक्ष ज्योतिष रुद्रबहादुर रानाभाट, दरबारथोक मिडिया प्रा.लि.का अध्यक्ष कृष्ण रानाभाट, निवर्तमान अध्यक्ष सु. भिमबहादुर रानाभाट र पुर्वअध्यक्ष एकदेव रानाभाटले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रममा ८० वर्ष पुरा हुनु भएका जेष्ठ नागरिकहरु वुद्धिबहादुर रानाभाट र हरिमाया रानाभाट, संस्थापक अध्यक्ष पित्रीप्रसाद रानाभाट, पुर्वअध्यक्षहरु ज्यो. रुद्रबहादुर रानाभाट र एकदेव रानाभाट तथा निवर्तमान अध्यक्ष सु. भिमबहादुर रानाभाट र लोक गायक हरि रानाभाटलाई सम्मानपत्र, अविर र खादाले सम्मान गरिएको थियो।

त्यसैगरी विभिन्न विषयमा स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण समाजमा आवद्ध सदस्य तथा उनका छोराछोरीहरु पवित्रा रानाभाट, शुभद्रा शाही रानाभाट, कमल रानाभाट, विन्दु रानाभाट, सविना रानाभाट, सुदिप रानाभाट, दीक्षा रानाभाटलाई सम्मानपत्र, अबिर र खादा लगाएर सम्मान गरिएको थियो ।

समाजका अध्यक्ष श्रीराम रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यसमिति सदस्य हरि रानाभाटले सञ्चालन सचिव सुर्य रानाभाट (सुजु) ले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: