
पोखरा । पोखराको न्यूरोडमा रहेको कास्की मोडल हस्पिटलको आयोजना तथा सिप्ला कम्पनीको प्राविधिक सहयोगमा विश्व आस्थामा दिवसको अवसरमा मंगलबार हस्पिटलको प्राङ्गणमा छाती तथा दम रोग सम्बन्धि एक दिने नि:शुल्क स्वास्थ्य परीक्षणमा शिविरमा १२८ जनाले सुविधा लिएका छन्।
शिविरमा फोक्सोको रोगहरु तथा उपचारसँग सम्बन्धि जनचेतना मूलक जानकारी वरिष्ठ छाती रोग विशेषज्ञ डा. शैलेस गुरुङले दिएका थिए। मानव शरिरको अत्यन्तै महत्वपूर्ण अंग फोक्सो भएको बताउँदै वायू प्रदुषण, धुम्रपान, मद्यपान, धुँवा धुलो तथा चिल्लो, पिरो र अमिलो धेरै मात्रामा खाँदा पनि फोक्सोमा समस्या देखिने डा. गुरुङले बताए। साथै स्वास नलि सानो हुने, स्वास लिन गाह्रो हुने, घाँटी घ्यार ध्यार हुने जस्ता लक्षण फोक्सोमा आएको समस्याको कारण पनि हुन सक्ने बताए ।
कुवँर समाज समिति पोखरा- ८ को सक्रियता पूर्वक सहभागिता रहेको सो नि:शुल्क स्वास्थ्य शिविरमा १२८ जनाले चेक जाँच गराएकोमा फोक्सोको पल्मरी फङसन टेस्ट ९५ जनाको गरिएको बताए। सिप्ला कम्पनिका पिएफटि टेक्निसियन सञ्जिव रोक्कालगायत प्राविधिकहरु सविना रानाभाट, रुपा गुरुङ, संगिता श्रेष्ठ, विजु नेपाली, अनिता गुरुङले सहयोग गरेका थिए ।
