मदन भण्डारीको स्मृति दिवसमा पुस्तक विमोचन र परिचर्चा हुने

Share:

पोखरा । मदन भण्डारी फाउन्डेसन कास्कीले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३२औं स्मृति दिवस मनाउने भएको छ। सो अवसरमा फाउन्डेसनले प्रकाशन गरेको मार्गदर्शन भाग दुईको विमोचनसहित भाग एकको परिचर्चा कार्यक्रम आयोजना गरिएको अध्यक्ष माधव बास्तोलाले जानकारी दिए।

भोली शुक्रबार गते पोखराको साइमन पार्टी प्यालेसमा बिहान ११ बजे कार्यक्रम आयोजना गरिएको उनले उल्लेख गरे।
परिचर्चा कार्यक्रममा नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख उपस्थिति र सो पार्टीका उप-महासचिव एवं नेपाल सरकारका सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको विशेष उपस्थितिमा कार्यक्रम आयोजना हुने बास्तोलाले उल्लेख गरे।

कमेन्ट गर्नुहोस्
Share: