५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ

359
0
Share:

सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर ५ लाख ७० हजार घुससहित पक्राउ परेका छन् । महोत्तरीको भंगहा नगरपालिका-२ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने ४२ वर्षीय सन्तोष कुमार यादवलाई प्रहरीले घुससहित पक्राउ गरेको हो ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ एक रेस्टुरेन्टबाट उनलाई घुससहित बिहीबार पक्राउ गरिएको हो । उनले खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानीको भन्दै विभिन्न बहानामा दुःख दिने गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: