पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

235
0
Share:

काठमाडौं । नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार बिहानदेखि लागु हुने गरी इन्धनको भाउ घटाएको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटेर १५७ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितलेको २ रुपैयाँले घटेर १४२ रुपैयाँ तोकिएको छ ।

भारतबाट तेलको मूल्य घटेर आएपछि नेपाली बजारमा पनि घटाइएको निगमले जनाएको छ । अन्य इन्धनको मूल्य भने यथावत छ ।

कमेन्ट गर्नुहोस्
Share: