देशैभर विद्युत् अवरुद्ध हुने क्रम जारी

269
0
Share:

काठमाडौं । देशभर अहिले घरीघरी बिजुली जाने र आउने समस्या भइरहेको छ। केही बेरअघि झन्डै एक घण्टा अवरुद्ध भएको विद्युत् अझै स्थिर छैन। करिब एक घण्टा अवरुद्ध भएर आएको बिजुली केहीबेरमै पुनः जाने क्रम जारी रहेको छ । यसअघि देशैभर करिब एकघण्टा विद्युत अवरुद्ध भएको थियो।

नेपाल विद्युत प्राधिकरणले ढल्केबर सबस्टेशनमा समस्या आउँदा विद्युत प्रसारणमा समस्या भएको जनाएको छ।

ढल्केबर-मुजफ्फपुर ४०० केभी प्रसारण लाइन सर्ट भएर भारतबाट विद्युत आउन बन्द भएपछि देशभर एकैपटक विद्युत अवरोध भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले बताए।

नेपालका पश्चिम क्षेत्र र काठमाडौंका केही भागमा विद्युत आउन थाले पनि पूर्वी क्षेत्रमा अझै पनि अवरोध कायमै रहेको उनले बताए।

कमेन्ट गर्नुहोस्
Share: