
पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका-४ घुम्तीमा मंगलबार दिउँसो बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।
पोखराबाट सुर्खेततर्फ जाँदै गरेको ना ५ ख ६८४१ नम्बरको यात्रु बाहक बस चालकले नियन्त्रण गुमाई सडकदेखि करिब २० मिटर तल बस खसेको जिल्ला प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी गराए। दुर्घटनामा घाइते भएकामध्ये १५ जनालाई प्रदेश अस्पताल दमौली, ७ जनालाई रत्नहरी अस्पताल दमौली र ३ जनालाई म्याग्दे पोलिकिल्निक थर्पुमा पठाइएको उनले बताए।
उपचारपश्चात् ४ जनालाई डिस्चार्ज, एक जनालाई गण्डकी अस्पताल पोखरामा रिफर गरिएको छ। दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
कमेन्ट गर्नुहोस्
