जनजागरण अभियानमा पोखराबाट ५ हजार नेता कार्यकर्ता उतार्ने माओवादीको दाबी

Share:

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानअन्तर्गत भोली पोखरामा हुने विशाल जनसभामा ५ हजार नेता कार्यकर्ता उतार्ने दाबी गरेको छ।

पार्टीको ‘मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत पोखरामा हुने जनसभालाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ।

सोही कार्यक्रममा पोखरा महानगरबाट ५ हजार नेता कार्यकर्ता उतार्ने निर्णय गरिएको तय गरिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिका अध्यक्ष हरिनारायण गिरीले जानकारी दिए।

पहिला शहीदचोकमा गर्ने भनिएको यो जनसभा अहिले चिप्लेढुंगा हुने भएको हो। कार्यक्रममा पोखराका ३३ वटै वडाबाट प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्न प्रतिनिधि छनोट गरिएको छ। पार्टीको हालै सम्पन्न विस्तारित बैठकले वडागत प्रतिनिधि, स्वयंसेवक परिचालन, प्रचारप्रसार, आतिथ्य, आवास, लेखन तथा रिपोर्टिङसम्बन्धी जिम्मेवारी बाँडफाँड गर्दै विभिन्न समिति गठन गरेको छ।

जनसभापछिको महानगर सम्मेलन जेठ २४ र २५ गते गर्ने तयारी गरिएको सचिव जनकराज पराजुलीले जानकारी दिए। कार्यक्रमका लागि आवश्यक आर्थिक स्रोत भने पार्टीको आन्तरिक साधनबाट व्यवस्थापन गरिने बताइएको छ।

सम्मेलनका लागि प्रत्येक वडाबाट ५ जना प्रतिनिधि र ३ जना पर्यवेक्षक छनोट गरिने सचिव पराजुलीले बताए। यस्तै २० जना सदस्य बराबर १ जना थप गर्न पाइने उनले सुनाए।

पोखरामा अहिलेसम्म ५ हजार ५ सय ८० पार्टी सदस्य नविरकण भएका जानकारी दिदैं सम्मेलनमा ९९ जना पर्यवेक्षक र ५ सय ५० प्रतिनिधि सहभागी हुने बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: