
पोखरा । मझेरी बचत तथा ऋण सहकारीको अध्यक्षमा महेश कार्की सर्वसम्मत भएका छन्। बिहीबार भएको अधिवेशनबाट अध्यक्ष कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो।
उपाध्यक्षमा पशुपति पौडेल, सचिव पार्वती बास्तोला, कोषाध्यक्ष एकेन्द्र कुँवर र सहसचिवमा कोपिला श्रीष छन्। सदस्यमा उमाकुमारी थापा, महेन्द्रबहादुर कुँवर, हेमन्त ढकाल, विमादेवी विक, दिलकुमारी घर्ती, सुशीला कार्की, सरिता कार्की र राजेन्द्र ढुंगाना चयन भएका हुन्।
अधिवेशनमा संस्थाका पूर्वअध्यक्ष रामचन्द्र कुँवरले सहकार्य र पारदर्शिताको परम्परा नयाँ समितिले अझ सशक्त बनाउने विश्वास व्यक्त गरे।
संस्थापक अध्यक्ष गनेस पौडेलले प्रारम्भिक संघर्ष र उद्देश्यहरु स्मरण गर्दै सहकार्यको भावना अझ मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिए।
निर्वाचन उपसमिति संयोजक तथा पूर्वअध्यक्ष बाटुकृष्ण कुँवरले सबै उम्मेदवार सर्वसम्मत चयन हुनु संस्थामा एकता र विश्वासको प्रतीक भएको बताए।
पदस्थापन कार्यक्रमको सञ्चालन रामजी पौडेलले गरेका थिए भने कार्यक्रममा पोखरा महानगरपालिकाको सहकारी विभाग, विभिन्न सहकारी संस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी र सेयर सदस्यहरुको उल्लेख्य उपस्थिति थियो।
नवनिर्वाचित अध्यक्ष कार्कीले सेवामा गुणस्तर, वित्तीय अनुशासन र प्रविधिमैत्री प्रणालीलाई प्राथमिकतामा राख्दै सहकारीको कार्यदिशालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।
