प्रधानमन्त्री कप एनभिए लिग : हेल्प नेपाल र पुलिस विजयी

Share:

साबिक हेल्प नेपाल क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले क्लबले नवौँ प्रधानमन्त्री कप एनभिए लिगमा जित निकालेका छन् । पोखरा रङ्गगशालास्थित बहुउदेश्यीय कभर्डहलमा आइतबार सम्पन्न पुरुषतर्फको खेलमा हेल्प नेपालले कोशी प्रदेश खेलकुद विकास बोर्डलाई ३-० को सोझो सेटमा हरायो ।

हेल्प नेपालले २५-२१, २५-२०, २५-२२ को जित निकाल्यो । हेल्प नेपालको लगातार चौथो जित हो ।  अर्को खेलमा  पुलिसले सुदूरपश्चिम खेलकुद परिषद्लाई ३-० को सेटमा हरायो । पुलिसले २५-१९, २५-५, २५-१९ को जित निकालेको हो । जितसँगै पुलिसले चार खेलबाट नौ अङ्क बनाएको छ । सुदूरपश्चिम समान खेलमा अङ्कबिहीन छ ।

यस्तै महिलातर्फ पुलिसले एपिएफ क्लबलाई ३-१ को सेटमा हरायो । अर्को खेलमा न्यु डायमन्डले त्रिभुवन आर्मी क्बललाई ३-१ को सेटमा हरायो ।

कमेन्ट गर्नुहोस्
Share: