पोखरामा पर्यटक बसमाथि ढुंगा आक्रमण, तीन जना पक्राउ, पाँच विद्यार्थी घाइते

Share:

पोखरा। पोखरा महानगरपालिका-१४ चाउथेमा आइतबार राति पर्यटक बसमा ढुंगा प्रहार गरी फरार भएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका-१ का ४८ वर्षीय तिलक बहादुर थापा मगर (हाल पोखरा-१७, बस चालक), बाराको कोल्वी नगरपालिका-१ का ३० वर्षीय मान प्रसाद खरेल (हाल पोखरा-२६, सहचालक) र गोरखाको पालुङ्टार नगरपालिका-२ का २८ वर्षीय राजेश मरट्टा (हाल पोखरा–१४, ग्यारेजमा कार्यरत) रहेका छन्।

जिल्ला प्रहरी कार्यालय, कास्कीकाअनुसार, राति साढे ११ बजे चाउथेबाट काठमाडौँ जाँदै गरेको बा १ प ९१६ नम्बरको पर्यटक बसमा ढुंगा प्रहार भएको हो। उक्त बसमा नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजी, बालकुमारी ललितपुरबाट आएका विद्यार्थीहरू सवार थिए।

ढुंगा लाग्दा पाँच जना विद्यार्थी सामान्य रूपमा घाइते भएका थिए। उनीहरूको पोखरास्थित अन्नपूर्ण अस्पतालमा उपचार गरी डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न तीनै जनालाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रवसम्बन्धी अभियोगमा ६ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: