लायन्स क्लव अफ पोखरा टुरिजम सिटीको अध्यक्षमा जसपाल तामाङ

Share:

पोखरा । लायन्स क्लव अफ पोखरा टुुरिजम सिटीको अध्यक्षमा जसपाल पाख्रिन तामाङ चयन भएका छन् । क्लवको बुधबार सम्पन्न निवार्चन कार्यक्रमबाट तामाङको नेतृत्वमा नयाँ कार्यसमिती सर्वसम्मत चयन गरिएको हो । क्लवको प्रथम उपाध्यक्षमा घनश्याम गौतम, सचिवमा कविता योञ्जन, कोषाध्यक्षमा सुमन पुन चयन भएका छन् ।

यसैगरी सल्लाहकारहरुमा पूर्वअध्यक्षहरु सुदीप पौडेल, निरन केसी, एकराज गिरी, निरज पन्त, किसन गिरी, विनय थापा चयन भएका छन् । सो अवसरमा क्लवका पूर्वअध्यक्ष निरन केसीले क्लव स्थापनाको एक दशकमा क्लबले विभिन्न सामाजिक कार्यमा जोडिएको स्मरण गर्दैै नयाँ नेतृत्वले सामाजिक कार्यमा आफ्नो असल भुमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष जसपाल तामाङले लायन्स क्लबको मर्म मुताविक शिक्षा, स्वास्थ्य, वातावरणको क्षेत्रमा स्थानिय सरकारसँग हातेमालो गर्दै सामाजिक आवश्यकताको काम गर्ने प्रतिवद्धता जनाए । क्लवका पूर्वअध्यक्ष एकराज गिरीले समाजसेवा एकल भन्दा पनि समुहमा गर्दा प्रभावकारी हुने हुँदा क्लवको आवश्यकता भएको बताए । उनले लायन्स क्लबले नियमित भन्दा पनि आवश्यकतालाई मध्यनजर गदै प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए ।

क्लवका सल्लाहकार सुदीप पौडेलले समाजमा अभावले घेरिएका व्यक्ति तथा परिवारको आवश्यकता पुरा गर्न सके क्लब स्थापना गर्नुको उद्धेश्य पुरा हुने बताए । कार्यक्रममा सल्लाहकारहरु एकराज गिरी, सुदीप पौडेल, भानु ढकाल लगायतले बोलेका थिए । क्लवका अध्यक्ष सन्जय मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब घनश्याम गौतमले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: