आमा समुहका लागि माईन्यूट लेखन तालिम

Share:

पोखरा । कुनै पनि संघसंस्थाको कार्यलाई प्रभावकारी बनाउन पदाधिकारीको महत्वपूर्ण भूमिका रहेको हुन्छ। उक्त आवश्यकताको महसुस गरी शुभकामना आमा समुहले एक दिने माइन्यूट लेखन तालिम सम्पन्न गरेको छ। पोखरा महानगरपालिका वडा नं. १७ को आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिममा आमा समुह र टोल विकास संस्थाका पदाधिकारीलाई बैठकका निर्णय लेख्ने तथा कार्यक्रम सञ्चालन गर्दा ध्यान दिनुपर्ने विषयमा प्रशिक्षण दिइएको थियो।

पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले तालिमको उद्घाटन गर्दै तालीमबाट प्राप्त ज्ञान र सिपलाई व्यवहारमा उतार्न सहभागिलाई आग्रह गरे। सिमित श्रोत साधनको बाबजुद पनि वडाकोतर्फ सबै क्षेत्रको समुचित विकासमा सक्दो सहयोग गर्दै आएको उनको भनाई थियो।

कार्यक्रममा सञ्चारकर्मी हरि बास्तोलाले आमाहरु नेतृत्व विकाससँगै उत्पादनसँग जोडिनुपर्ने आवश्यकता औंल्याउँदै बजारको आवश्यकता अनुसारको वस्तु उत्पादन गरेर आयआर्जन गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए।

समाजसेवी टिकाराम पौडेलले सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने आमाहरुलाई सक्षम बनाउन तालिमले महत्वपूर्ण भूमिका खेल्लेन विश्वास व्यक्त गरे। विभिन्न आमा समुह र टोल विकास संस्थाका ४० जनाको सहभागिता रहेको उक्त तालिममा सुष्मा पौडेलले प्रशिक्षण दिए।

आमा समुहका अध्यक्ष पार्वती खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नारी शक्ति जागरण आमा समुहका अध्यक्ष राधादेवी लम्साल, समुहका उपाध्यक्ष मिनाद्धारे र सचिव सिर्जना खनाले समुहको महत्व र खेल्दै आएको भुमिकाका बारेमा प्रकाश परेका थिए।

कमेन्ट गर्नुहोस्
Share: