पोखरामा ‘न्यायिक समितिसँग विद्यार्थी’ कार्यक्रम : स्थानीय विवाद समाधानमा सचेतना अभिवृद्धि

Share:

पोखरा । पोखरा महानगरपालिकाको न्यायिक समितिले नागरिक, श्रमिक र विद्यार्थीलाई समिति र यसको कार्यक्षेत्रबारे जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ। संविधानद्वारा परिकल्पित न्यायिक समितिबाट स्थानीय विवाद सुल्झाउँदै नागरिकलाई सहज र सरल रुपमा न्याय दिन सकिने भन्दै समितिले सचेतना अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिएको हो।

‘न्यायिक समितिसँग विद्यार्थी’ कार्यक्रम अन्तर्गत शुक्रबार मदरल्याण्ड माविमा अध्ययनरत विद्यार्थीलाई स्थानीय सरकार अन्तर्गतको न्यायिक समितिको गठन प्रक्रिया, अधिकार क्षेत्र तथा विवाद समाधान प्रक्रियाबारे जानकारी दिइएको थियो।

कार्यक्रमको उद्घाटन उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले गर्दै स्थानीय विवाद अदालत पुग्न नपर्ने गरी मेलमिलापमार्फत समाधान गर्न समिति क्रियाशील रहेको बताइन्।कार्यक्रममा प्राचार्य नारायण बरालले विद्यार्थीमुखी कार्यक्रमको आवश्यकता औँल्याए भने समिति सदस्य कालिदास पोखरेल, रजनी परियार र अभिलेख संरक्षक पवन सुवेदीले सम्बन्धित विषयमा सहजीकरण गरेका थिए।

प्रेस क्लब गण्डकीको आयोजनामा भएको कार्यक्रममा स्थानीय तहमा विवाद रहित समाज निर्माण गर्न न्यायिक समितिको भूमिका महत्वपूर्ण रहेको धारणा राखिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: