पोखरामा एक महिनासम्म श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने

Share:

पोखरा । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, श्रीकृष्ण प्रणामी मन्दिर पोखरा–८, रत्नचोकको आयोजनामा एक महिनासम्म श्रीमद्वीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन कार्यक्रम हुने भएको छ।

समितिका अध्यक्ष मोहन प्रसाद ढकालका अनुसार, विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि आगामी अषाढ ३१ गते (श्रावण कृष्ण पञ्चमी) देखि श्रावण ३१ गते (भाद्र कृष्ण अष्टमी) सम्म पोखराको रत्नचोकस्थित मन्दिर परिसरमा कथा प्रवचन सञ्चालन हुनेछ।

कार्यक्रमको पूर्वसन्ध्यामा असार ३१ गते कलश यात्रा निकालेर विधिवत् रूपमा शुभारम्भ गरिनेछ।

धार्मिक प्रवचन श्रीकृष्ण प्रणामी धर्मकी धर्मप्रचारिका साध्वी उर्वशी माताजीको मुखारविन्दुबाट संगीतमय शैलीमा प्रस्तुत गरिनेछ। कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दु कुमार थापाले उद्घाटन गर्ने संयोजक एवं उपाध्यक्ष केशव प्रसाद बरालले जानकारी दिए।

विगतका वर्षहरूमा पोखरेली तथा छिमेकी जिल्लाबाट भक्तजनहरूको उल्लेख्य सहभागिता रहँदै आएको स्मरण गराउँदै, यसपालि पनि श्रद्धालुहरूको उत्साहपूर्ण उपस्थितिको अपेक्षा गरिएको समितिका सचिव लक्ष्मण बरालले बताए।

कमेन्ट गर्नुहोस्
Share: