मेयरमा पराजित भगवती न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री

Share:

नेकपा एमालेकी राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मंगलबार अपराह्न नियुक्त गरेका हुन् ।

यसअघि सो मन्त्रालय सम्हालेका राजकुमार गुप्ताले ७८ लाख रुपैयाँ घुस डिलसम्बन्धी अडियो प्रकरणमा मुछिएपछि मंगलबार नै राजीनामा दिएका थिए ।

न्याैपाने एमालेकी तिनै नेता हुन् जो २०७४ सालको स्थानीय तह चुनावमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् ।

त्यसपछि उनलाई राष्ट्रियसभामा ल्याइएको थियो । अहिले उनी राष्ट्रियसभामा एमालेकी प्रमुख सचेतक थिइन् ।

कमेन्ट गर्नुहोस्
Share: