राष्ट्रियता र परराष्ट्र नीतिमा काँग्रेसको प्रशिक्षण, पोखरामा जनसहभागिता उल्लेखनीय

Share:

पोखरा । नेपाली काँग्रेस प्रशिक्षण शाखा कास्कीले शनिबार पोखरामा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।

“नेपाली काँग्रेस र शुभेच्छुक संस्थाहरूबीचको अन्तरसम्बन्ध तथा राष्ट्रियता र परराष्ट्र मामिलामा वीपी कोइरालाको दृष्टिकोण” विषयक प्रशिक्षण कार्यक्रममा एक सयभन्दा बढीको सहभागिता रहेको कास्की काँग्रेसका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए।

कार्यक्रममा प्रशिक्षण शाखाका सल्लाहकार डा. भीमनाथ बराल र सदस्य कपिलमणि दाहालले सहजीकरण गरेका थिए।

शाखाका संयोजक युवराज कुँवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सदस्य पशुपति शर्मा भट्टराईले गरेका थिए।

 

कमेन्ट गर्नुहोस्
Share: