पोखरामा कोरोना संक्रमित एक वृद्धाको मृत्यु

Share:

पोखरा । पोखरा महानगरपालिका–११ फुलबारीकी ७४ वर्षीया एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

ती वृद्धालाई उच्च रक्तचाप र मधुमेहको समस्या थियो। आठ दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि पोखरास्थित चरक अस्पतालमा भर्ना भई उपचाररत थिइन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हाल प्रदेशभर ८ जना कोरोना संक्रमित उपचाररत छन्। तीमध्ये कास्कीमा ५, बागलुङमा २ र स्याङ्जामा १ जना रहेका छन्।

 

कमेन्ट गर्नुहोस्
Share: