
पोखरा । पोखरामा बीपी स्मृति एमेजर फुटसल प्रतियोगिताको उपाधि मिकी एफसीले उचालेको छ । नयाँ गाउँ युथ क्लबको व्यवस्थापनमा पोखरा रंगशालामा भएको प्रतियोगिताको फाइनलमा मिकी एफसीले सुजन डल्ले एफसीलाई २-१ गोलले हराउँदै उपाधि चुमेको हो ।
उपाधिसँगै मिकी एफसीले नगद एक लाख रुपैयाँको साथमा शिल्ड, मेडल र ट्रफी प्राप्त गरेको छ । उपविजेता बनेको सुजन एफसीले ५० हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । भेट्रान्सतर्फको फाइनलमा डल्फिन भेट्रान्सले नयाँ गाउँ भेट्रान्सलाई ४-० को फराकिलो गोलअन्तरले
हराउँदै उपाधि चुमेको छ ।
डल्फिनले उपाधिसँगै बोका प्राप्त गर्यो भने नयाँ गाउँले भाले प्राप्त गर्यो । युगपुरुष बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको हो । मेलमिलाप तथा राष्ट्रिय एकता कायम गराउने व्यक्तिले दिएको सन्देशलाई आत्मसात गर्दै अमित गुरुङ र अन्तिम गुरुबले आफ्ना स्वर्गारोहण भएका साथिहरुको स्मृतिमा प्रतियोगिताको मुख्य प्रायोजन गरेका थिए ।
दुई दिनसम्म चलेको प्रतियोगितामा ३० टिमको सहभागिता रहको थियो । प्रतियोगीताबाट बचत हुने रकम तनहुँको भानु नगरपालिका- ७ मा रहेको चण्डिका बालगृहलाई सहयोग गर्ने आयोजकले जनाएको छ ।
सो बाल गृहमा हाल विभिन्न जिल्लाका १८ जना असहाय बालबालिका आस्रित रहेका छन् । अनिल गुरुङ, सजत कार्की र उत्तम गुरुङको स्मृतिमा उनका साथीद्धय अमित र अन्तिमले मुख्य प्रायोजन गरेका हुन भने, प्रदेश खेलकुद परिषद् गण्डकी, लोकतान्त्रिक खेलकुद संघ कास्की र नयाँ गाउँ युवा क्लबले सहयोग गरेका थिए ।
