पूर्वराष्ट्रपति भण्डारीले भोलि पत्रकार सम्मेलन गर्ने

Share:

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार (भोलि) पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छिन्। शुक्रबार दिउँसो ३ बजे काठमाडौंको कार्की बैंन्क्वेटमा हुने पत्रकार सम्मेलनको तयारी भएको भण्डारी निकट एक नेताले जानकारी दिए।

उक्त नेताका अनुसार, हालै सम्पन्न नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकपछिको राजनीतिक परिस्थितिबारे स्पष्ट पार्ने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरिएको हो।

एमाले केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन रोक लगाउने निर्णय गरेको थियो। संविधान र पार्टी विधानका विभिन्न धारा देखाउँदै, पार्टीले उनको सदस्यता नवीकरण हुन नसक्ने निष्कर्ष निकालेको थियो।

कमेन्ट गर्नुहोस्
Share: