पोखराको ओमकारेश्वर मन्दिर परिसरमा वृक्षारोपण

Share:

पोखरा । पोखराको पर्यटकीय क्षेत्र घार्मीस्थित ओमकारेश्वर महादेव मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ पोखरा फेवा फुलबारीको आयोजनामा भएको कार्यक्रममा पारिजात, गुलमोहर लगायतका विभिन्न प्रजातिका फूल तथा विरुवा रोपिएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा-१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले विरुवा रोपेर मात्र नपुग्ने भन्दै यसको नियमित गोडमेल, संरक्षण र सम्वर्द्धन अपरिहार्य रहेको धारणा व्यक्त गरे। साथै, मन्दिर परिसरभित्र रहेको ‘लायन्स पार्क’ लाई थप व्यवस्थित र आकर्षक बनाउने काममा क्लबले अग्रसर हुनुपर्नेमा जोड दिए।

लायन्स क्लबका अध्यक्ष गोविन्दराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब ३२५ जे का फर्स्ट भिजी प्रजापति बास्तोला, गण्डकी एरिया चिफ महेश श्रेष्ठ, रिजन चेयरपर्सन चेतबहादुर कुमाल, क्लबका पूर्वअध्यक्ष कुन्दनराज शर्मा, सञ्जय बस्नेत, टोल विकास संस्था घार्मीका अध्यक्ष गोपालप्रसाद पौडेललगायतले वातावरण संरक्षणमा क्लबले पुर्याउँदै आएको योगदान सराहनीय रहेको बताए।

कार्यक्रमकै अवसरमा क्लबले पोखराको विपन्न वर्गका सात जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। साथै, ओमकारेश्वर मन्दिरका लागि आवश्यक फोहर संकलन सामग्री पनि हस्तान्तरण गरिएको थियो। ती सामग्रीहरू वडाध्यक्ष पुष्पेन्द्र पाण्डे र क्लब अध्यक्ष गोविन्दराज अधिकारीले मन्दिरका पुजारी रामचन्द्र पौडेललाई हस्तान्तरण गरे।

कार्यक्रममा सहभागी लायन्स टोलीले मन्दिर परिसरमा रहेका बोटविरुवाको गोडमेल गर्नुका साथै परिसर सफाइ पनि गरेका थिए। कार्यक्रमको सञ्चालन लायन दिवस पौडेलले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: