लेखनाथ खानेपानी संस्थाको सरसफाइ अभियान अन्तर्गत प्रगति टोललाई डस्टबिन वितरण

Share:

पोखरा । पोखरा महानगरपालिका-२९ मा रहेको प्रगति टोल विकास संस्थालाई लेखनाथ खानेपानी उपभोक्ता संस्थाले ६ थान डस्टबिन सहयोग गरेको छ।

आइतबार ओमकारेश्वर मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, उपाध्यक्ष पुष्पकमल ढुंगाना, सचिव नारायणी भट्टराई, रक्षक लगायतको टोलीले डस्टबिन हस्तान्तरण गरेका थिए।

डस्टबिन सहयोग प्रगति टोल विकास संस्थाका उपाध्यक्ष वीरबहादुर खत्री, सचिव विष्णुहरि पौडेल, कोषाध्यक्ष सूर्यबहादुर विक, सहसचिव राधिका अधिकारी, सदस्यहरू मसिना भण्डारी, सम्झना तामाङ, कमला जिसी, विना सुवेदीलगायत पदाधिकारीहरू तथा वडा नं. २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङको उपस्थितिमा हस्तान्तरण गरिएको हो।

कार्यक्रममा बोल्दै वडाध्यक्ष गुरुङले लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई धन्यवाद ज्ञापन गर्दै स्थानीय सहभागिता विना कुनै पनि विकास सम्भव नहुने बताए। उनले सहयोगमा आएको डस्टबिनको उचित उपयोग गर्न टोलवासीलाई आग्रह गरे।

संस्थाका अध्यक्ष मुरारी शर्माले दुबै संस्थाको सरसफाइप्रतिको चासोलाई डस्टबिन सहयोगले अझ सशक्त बनाउने अपेक्षा व्यक्त गरे।

कार्यक्रमको अध्यक्षता प्रगति टोल विकास संस्थाका उपाध्यक्ष खत्रीले गरेका थिए भने सञ्चालन सचिव विष्णुहरि पौडेलले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: