सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् : प्रधानमन्त्री ओली

Share:

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १५ को अवसरमा सम्पूर्ण नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भनेका छन्।

“आज साउन १५, खीर खाने हाम्रो परम्परागत पर्व। हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ मनाउने परम्परा सुरु गरेका थिए। यो पर्व पशुपालन र कृषि संस्कृतिसँग गहिरो रूपमा गाँसिएको छ।”

प्रधानमन्त्री ओलीले नेपाली समाजको सांस्कृतिक विशेषता र सामूहिकताको भावनालाई उजागर गर्दै थप लेखेका छन् ।

“जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी साउन १५ ले नेपाली समाजको संस्कृति, सौहार्दता र सहकार्यको मिठास बोकेको छ। सबैमा शुभकामना-साउन १५को पर्व हर्षोल्लासका साथ मनौं, र सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस्।”

कमेन्ट गर्नुहोस्
Share: