
पोखरा । पोखरा महानगरपालिका-१९ स्थित महेन्द्र माध्यमिक विद्यालयमा आधारभूत तथा माध्यमिक तहका विद्यार्थीबीच वादविवाद प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयले नियमित रूपमा सञ्चालन गर्दै आएको अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजित प्रतियोगितामा आधारभूत तहतर्फ सागर पौडेल प्रथम, आयुशा सुनार द्वितीय तथा प्रमेश पौडेल तृतीय स्थान प्राप्त गरेका छन्।
यस्तै, माध्यमिक तहमा प्रशंसा पौडेल प्रथम, कृपा पौडेल द्वितीय र हिमानी पौडेल तृतीय स्थानमा विजयी भएका छन्। प्रतियोगिताको सफल समापनपछि अतिरिक्त क्रियाकलाप संयोजक रत्नाकुमारी विश्वकर्माले विजयी विद्यार्थीहरूको नाम सार्वजनिक गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बासुदेव पौडेल तथा सहायक प्रधानाध्यापक नन्दराज दाहालले विजयी विद्यार्थीहरूलाई बधाई दिँदै अध्ययनसँगै अतिरिक्त गतिविधिले विद्यार्थीको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
