पोखरा-१२ मा सांस्कृतिक सौन्दर्य मिसिएको वडा कार्यालय परिसर सञ्चालनमा

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ को कार्यालय परिसरमा निर्माण गरिएको प्रवेशद्वार, फल्चा, बगैँचा र पर्खाल लगायतका संरचनाहरूको शुक्रबार औपचारिक उद्घाटन गरिएको छ। उद्घाटन पोखरा महानगर प्रमुख धनराज आचार्यले गरेका हुन्।

परम्परागत नेपाली शैलीमा निर्माण गरिएको प्रवेशद्वार भक्तपुरको प्राचीन कला झल्काउने ढाँचामा तयार गरिएको छ। इँटा र झिँगटीको प्रयोगले सांस्कृतिक सम्पदाको आभास दिने यो प्रवेशद्वार हुँदै कार्यालय परिसरमा प्रवेश गर्दा हरियाली बगैँचा र बीचमा निर्मित भक्तपुरे शैलीको फल्चा (प्रतीक्षालय) देखिन्छ।

स्थानीय शैली र वातावरणमैत्री संरचना

वडा अध्यक्ष सन्तोष बास्तोलाको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, सरोकारवाला र निर्माण समितिको सक्रियतामा करिब रु. १ करोड ४० लाख लागतमा यी संरचनाहरू निर्माण गरिएको हो। प्रवेशद्वार निर्माणमा ३० लाख ?k}ofF vr{ ePsf] 5 eg] बगैँचा निर्माणमा ३० लाख, फल्चा निर्माणमा १५ लाख, पर्खाल घेराबन्दीमा ६५ लाख खर्च भएको वडा कार्यालयले जनाएको छ।

सेवाग्राहीका लागि सुविधाजनक वातावरण

वडा अध्यक्ष बास्तोलाले “कार्यालय प्रवेश गर्दा सकारात्मक अनुभूति होस् भन्ने उद्देश्यले नेपाली शैलीमा संरचना निर्माण गरिएको” बताए। सेवाग्राहीलाई सहज र आरामदायी सेवा उपलब्ध गराउने उद्देश्यसहित डिजाइन गरिएको परिसरले वातावरणमैत्री र सांस्कृतिक सौन्दर्यलाई जोड दिएको छ।

सम्पदा संरक्षणमा जोड

मेयर धनराज आचार्यले उद्घाटन समारोहमा बोल्दै, “नेपाली शैली र मौलिकता जोगाउन यस्ता संरचनाहरूको निर्माण आवश्यक छ,” भन्दै पुरानो पोखरा- विशेषतः भैरवटोल र मोहोरियाटोल क्षेत्रलाई सम्पदाका रूपमा संरक्षण गर्ने योजना रहेको जानकारी दिए। संरचना निर्माणको संयोजन बलबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको समितिले गरेको थियो।

कमेन्ट गर्नुहोस्
Share: