
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई दिनुभएको छ। भूपरिवेष्ठित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तानमा रहनुभएका उहाँले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्नुभएको हो।
आफ्नो सन्देशमा प्रधानमन्त्री ओलीले विद्यार्थीहरूलाई अब नेपालमै उच्च शिक्षा हासिल गर्ने र देशका लागि केही गरेर देखाउने नयाँ यात्राको सुरुवात गर्न आग्रह गर्नुभएको छ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार, परीक्षामा सहभागीमध्ये ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। त्यस्तै, ३८.८३ प्रतिशत विद्यार्थी ‘नन-ग्रेड’ (Non-Grade) श्रेणीमा परेका छन्।
कमेन्ट गर्नुहोस्
