विन्ध्येश्वरी आदर्शमा नेपाली हिज्जे प्रतियोगिता

Share:

पोखरा । पोखराको मोहोरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा मावि स्तरीय नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा निलो सदनबाट कक्षा १० की छात्रा आयुष्का पाइजा, कक्षा ९ की एस्थर तामाङ, कक्षा ८ की उपासना रेग्मी र कक्षा ७ की सविता सुनार प्रथम र हरियो सदनबाट कक्षा १० की छात्रा अंशु भुजेल, कक्षा ९ का छात्रा प्रिस्किला तामाङ, कक्षा ८ की छात्रा मेहुली मन्ना र कक्षा ७ का छात्र पेरिस पौडेल द्वितीय भएका छन्।

करिब १६ जना विद्यार्थीहरु सहभागी भएको प्रतियोगितामा हिज्जेको सहजीकरण नेपाली शिक्षिका माया क्षेत्रीले गरेकी थिइन्। उत्कृष्ट विद्यार्थीलाई विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठ तथा सह-प्राचार्य नीलकण्ठ पौडेलले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे।

कार्यक्रमको सञ्चालन विद्यालय संयोजक माया क्षेत्रीले गरेकी थिइन्।

कमेन्ट गर्नुहोस्
Share: