
पोखरा । राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठनले पोखरामा सदस्य भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै कास्कीका प्रहरी प्रमुख एसपी श्याम बाबु ओलियाले समाजमा व्याप्त विकृति, विसङ्गती र चोरी, डकैती नियन्त्रण गर्न सबै पक्षको भुमिका महत्वपुर्ण हुने बताए।
उनले यस संगठनको वृद्धि विकासको लागि आफु र प्रहरी संगठनले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे। संगठनका केन्द्रीय उपाध्यक्ष क्या. लालकाजी गुरुङले समाज विकास र रुपान्तरणका लागि संगठनले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिँदै सबै सदस्य जिम्मेवार बन्नुपर्ने बताए ।
कार्यक्रममा संगठन गण्डकीका ईन्चार्ज खाम बहादुर केसी, केन्द्रीय सदस्य शान्ति गुरुङ, महानगर अध्यक्ष सुवेदार भोज वहादुर गुरुङ, पोखरा महानगर कमिटीका सचिव ईन्सपेक्टर बलराम पौडेल लगायतले नागरिकको सेवामा संगठनलाई अब्बल बनाउनुपर्ने बताए। उपाध्यक्ष क्याप्टेन लालकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुवेदार केहरसिंह गुरुङले गरेका थिए।

