
पोखरा । पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शुक्रवार बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ। बिहीवारदेखि सुरु भएको प्रतियोगितामा आधारभूत तह ( ६-८) र माध्यमिक तह (९ र १०) का गरी जम्मा ७२ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। जसमा आधारभूत तह छात्रतर्फ राही कायस्थ प्रथम, एलिश आगजी द्वितीय, आर्यन शाह तृतीय , युशन गुरुङ चौँथो र सम्पन गुरुङ पाँचौं भएका छन्।
माध्यमिक तह छात्रतर्फ रिवाज लामिछाने प्रथम, एल्विन गुरुङ द्वितीय, विजल पालिखे तृतीय, इभान रानाभाट चौँथो र अर्नेष्ट गुरुङ पाँचौं भएका छन्। त्यस्तै आधारभूत र माध्यमिक तह छात्रातर्फ पुनम सुनार प्रथम,ओजस्वी भुजेल द्वितीय, जिपिशा श्रेष्ठ तृतीय , प्रसिद्धि रेग्मी चौँथो र रियाना लामिछाने पाँचौं भएका छन्।
प्रतियोगिता अवधिभर नेपाल बुद्धिचाल महासंघका पूर्व केन्द्रीय अध्यक्ष शुक्र कुमार प्रधान र पूर्वकेन्द्रीय सदस्य महेश्वर अधिकारीले सहजीकरण गरेको कुरा विद्यालयका खेलकुद इन्चार्ज आशिष गुरुङले जानकारी दिए।

