सरकारले पेट्रोलको मूल्य बढायो, यस्तो छ नयाँ मूल्यसूची

Share:

काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ बढेको छ ।

बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य सूची प्राप्त भएको जानकारी दिँदै निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरिएको बताएको छ ।

अहिले पेट्रोलको प्रतिलिटर १६१ रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ । यसअघि पेट्रोलको प्रतिलिटर १५९ रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १५० रुपैयाँ रहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: