
पोखरा । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा तालबाराहीले आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण गर्न नसकिरहेका पोखरा महानगरपालिका-२१ फोक्सिङ निवासी ३३ वर्षीय गोविन्द प्रसाद अधिकारीलाई आर्थिक सहयोग प्रदान गरेको छ।
विगत ६ वर्षदेखि उपचाररत अधिकारीलाई क्लबका पदाधिकारीहरूले उनकै निवासमा पुगेर ३१ हजार ५ सय (नगद सहयोग हस्तान्तरण गरेका हुन्। पोखरा-२१ का वडाध्यक्ष दीपक प्रसाद सुवेदीको रोहबरमा सम्पन्न कार्यक्रममा बोल्दै वडाध्यक्ष सुवेदीले लायन्स क्लबको यो सहयोगप्रति आभार व्यक्त गरे।
सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका पूर्वअध्यक्ष तथा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आई नेपालका डिस्ट्रिक्ट काउन्सिलर लायन दिपेन्द्र राई, क्लबका कोषाध्यक्ष लायन डा. सुरेश पहारी लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै क्लबका वर्तमान अध्यक्ष लायन लेखनाथ पहारीले उपचाररत गोविन्द प्रसाद अधिकारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोगमा संलग्न सम्पूर्ण पदाधिकारी तथा कार्यक्रममा उपस्थिति महानुभावहरूप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गरे।
