टप टी-२० सिरिज: मेलबर्न स्टार्सविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

Share:

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा नेपालले सोमबार तेस्रो खेल खेल्दैछ। टस हारेको नेपालले सुरुमा बलिङ गर्दैछ।

डार्विनस्थित टीआईओ स्टेडियममा जारी खेलमा नेपालविरुद्ध अष्ट्रेलियन फ्रेन्चाइज टोली मेलबर्न स्टार्सले ब्याटिङ गर्दैछ।

नेपाली टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गरिरहेका छन्। अर्कोतर्फ, बिग ब्यास लिग खेलिसकेका साम हार्पर मेलबर्न स्टार्सका कप्तानका रूपमा मैदान छ।

नेपालले हालसम्म सिरिजमा खेलेका दुवै खेलमा हार बेहोर्नु परेको छ। पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भयो। आज नेपाल पहिलो जितको खोजीमा छ।

कमेन्ट गर्नुहोस्
Share: