
पोखरा। शिक्षा परामर्श सेवामा क्रियाशील बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिले आफ्नो नयाँ शाखा पोखरामा विस्तार गर्ने भएको छ। सन् २०७६ सालदेखि चितवनमा सफलतापूर्वक सेवा दिँदै आएको यस संस्थाले अब पोखरा, सिद्धार्थचोकमा आफ्नो शाखा सञ्चालन गर्न लागेको हो।
संस्थाका अध्यक्ष सञ्जय कुँवरका अनुसार, विदेश अध्ययनमा इच्छुक विद्यार्थीहरूलाई सही मार्गदर्शन, पारदर्शी प्रक्रिया र व्यावसायिक सहयोग प्रदान गर्नु शाखा विस्तारको प्रमुख उद्देश्य हो।
“पोखरामा जापान अध्ययनको बजार निकै ठूलो छ, तर अझै पनि यहाँ उचित मार्गदर्शन र व्यवस्थित प्रक्रियाको अभाव छ। हाम्रो शाखाले यी खालका समस्यालाई सम्बोधन गर्दै विद्यार्थीहरूलाई गुणस्तरीय सेवा दिनेछ,” अध्यक्ष कुँवरले भने।
शाखा विस्तारसँगै विशेष अफरहरू
नयाँ शाखा सञ्चालनको अवसरमा प्रालिले निम्न विशेष छुट कार्यक्रमहरू ल्याएको छ। जसमा जापानी भाषा कक्षामा २० जना विद्यार्थीलाई भर्ना शुल्कमा छुट, आइएल्टस (IELTS) र पिटिई (PTE) तयारी कक्षामा २० जनालाई निःशुल्क कक्षा तथा विभिन्न संघसंस्थासँगको सहकार्यमा सीपमूलक तालिम कार्यक्रममा छुटको सुविधा रहेका छन्।
यस्तै प्रालिले आगामी दिनहरूमा निम्न लक्ष्यहरू तय गरेको छ। आधुनिक जापानी भाषा र अन्तर्राष्ट्रिय परीक्षा तयारी केन्द्रको स्थापना,अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा संस्थासँग साझेदारी गरी छात्रवृत्ति तथा अध्ययन अवसरको प्रवर्द्धन, ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गरी अनलाइन काउन्सेलिङ प्लेटफर्मको विकास देशभर थप शाखा विस्तार र व्यावसायिक तथा सीपमूलक तालिम कार्यक्रम सञ्चालन रहने जनाएको छ।
अध्यक्ष कुँवरका अनुसार, बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिले “शिक्षा परामर्श क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र पहुँचयोग्य” बनाउने दीर्घकालीन लक्ष्य राखेको छ।
