
पोखरा । पोखरा महानगरपालिका-२५ हेम्जामा रहेको धवलागिरी बोडिङ्ग स्कुलले विद्याथीहरु बीच खुल्ला प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ४ देखी १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा ७२ वटा समुहले आआफ्नो प्रतिभा प्रस्तुत गरेको शिक्षक बाबुराम पौडेलले जानकारी दिए।
कार्यक्रम कक्षा ४ र ५, कक्षा ६ र ७, कक्षा ८ र ९ तथा कक्षा १० देखी १२ सम्म गरी चार चरणमा सम्पन्न भएको थियो । कार्यक्रममा अञ्जली सुनार, माधवी पौडेल, एकल बुढाथोकी र रेश्मा सुनार प्रथम, आरुषा नेपाली, बिमिशा खड्का,शिवानी विक, एलिना सुनार र समिक्षा विक द्वितीय, अंशु कुँवर, समृद्धि परियार, सकृया विक, कंचन कुँवर, दिपिशा नेपाली तृतीय र अनुश्का छेत्री समिक्षा पुन, बिपस्वी साकोटा, अमिसा कुँवर आकांक्षा विक, र कृषा गुरुङले सान्त्वना स्थान प्राप्त गरे।
उनीहरूले नेपाली कला र संस्कृति झल्कने खालका नृत्य तथा गीत, कविता प्रर्दशन गरेका थिए। यसअघि कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका प्रधानाध्यापक शिव बहादुर रेग्मीले नेपाली कला र संस्कृति विश्वमा नै लोकप्रिय रहेको बताउँदै, यसको जर्गेना र संरक्षण गर्ने दायित्व पनि हामीहरुकै भएको बताए।
विद्यालयका सहायक प्रअ चन्द्रकान्त भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ कास्कीका अध्यक्ष सुनिल गायक, शिक्षक सरस्वती भण्डारी लगायतले विद्यार्थीको प्रतिभाको मुल्यांकन गर्दै, कलाको कुनै सिमा नहुने बताए। विद्यालयका अतिरिक्त विभाग प्रमुख कमल बहादुर अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
